अशोक दुलाल
धर्मगुरु वालयोगेश्वर विजयकृष्णमूर्तिजी महाराजद्वारा प्रधानमन्त्री राहत तथा उद्धारकोषमा १ लाख ११ हजार १११ रुपैया सहयोग प्रदान गरेका छन् । देशमा आइपरेको यो संकटको घडीमा एउटा नागरिकले पिडितहरुका लागि सहयोग गर्नु कर्तव्य सम्झेर राहत प्रदान गरेको ललितखबरलाई जानकारी दिएका छन् ।
वालयोगेश्वर विजयकृष्णमूर्तिजी महाराज हिन्दु धर्मसंस्कृतीको प्रबद्र्धनका लागि देशका विभिन्न धार्मिक स्थलहरुमा अनुष्ठान आयोजना गरिरहेका छन् । उनले ललितपुरका गोदावरीमा मामाघर वालआश्रम र भक्तपुरको ताथलीमा छोरीको घर बृद्धाश्रम सञ्चालन गरिरहेका छन् ।
बुधबार तिव्वततर्फबाट भोटेकोशी नदिमा आएको बाढीका कारण रसुवा,धादिङ, गोरखा, चितवनलगायत ८ जिल्लाका तटिय क्षेत्रका सयौं बस्ती बगाएपछि अरवौंको क्षति भएको थियो ।








प्रतिक्रिया