२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ग्वार्कोमा बस दुर्घटना, एक यात्रुको निधन, ६ घाइते



ललितपुरको ग्वार्कोमा बस दुर्घटना भएको छ । दुर्घटना मा एक जनाको निधन भएको छ भने ६ जना घाइते भए ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार दुर्घटनामा अन्दाजी ४० वर्षीया महिलाको निधन भएको छ । आज बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको थियो।
घाइतेहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  १२ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।