ललितपुरको ग्वार्कोमा बस दुर्घटना भएको छ । दुर्घटना मा एक जनाको निधन भएको छ भने ६ जना घाइते भए ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार दुर्घटनामा अन्दाजी ४० वर्षीया महिलाको निधन भएको छ । आज बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको थियो।
घाइतेहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया