२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिरहामा हतियारसहित एक पक्राउ


२५ भाद्र २०७६, बुधबार  

0
Shares

महेश सिंह
२५ भदौ ०७६, सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकाबाट प्रहरी चौकी बेल्हा सिरहाबाट खटिएको टोलीले सिक्सर( रिभल्वर )सहित एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको बिष्णुपुर गाउँपालिका ४ थलाहाकट्टा बस्ने रामपृत यादबको ३० वर्षीय छोरा कृष्ण यादबलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका यादव घरयासी बिवादको कारण आफ्नो घरमा गई आमालाई कुटपिट गरी घरको सामान समेत फाली दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुग्दा लोड नभएको एक सिक्सर (रिभल्वर) फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । प्रहरीलाई देखेपछि कृष्ण भागेके थिए । प्रहरीले खोजतलास गर्दा उनलाई हाल बसोबास गरी रहेको घर बिष्णुपुर गा.पा. ५ लक्ष्मीपुरबाट यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यलय सिरहामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रबक्ता तथा डि एस पी अपिलराज बोहराले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १० : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।