२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पर्यटनमन्त्री भट्टराईमाथि हातपातको प्रयास


२९ भाद्र २०७६, आइतबार  

0
Shares

काठमाडाैं । नेपालगञ्ज विमान स्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि हातपातको प्रयास भएको छ। मन्त्री भट्टराईका कारण विमान उडानमा एक घण्टा ढिलो भएको भन्दै यात्रुहरुले हातपातको प्रयास गरेका हुन्।


कैलालीबाट बेलुकी गएका मन्त्री नेपालगञ्ज ढिलोगरि पुगेपछि एक घण्टा विमान रोकिएको थियो। बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरको विमान मन्त्री भट्टराईका कारण एक घण्टा ढिलो भएको भन्दै आक्रोसित यात्रुहरुले हातपातको प्रयास गरेका हुन्। मन्त्रीका कारण विमान ७ बजेर ८ मिनेटमा उडेको नेपालगञ्ज विमानस्थलले जनाएको छ।

जहाजमा भ्रष्टाचारविरूद्धका अभियान्ता ज्ञानेन्द्र शाहीसमेत थिए। उनीहरुले नै मन्त्रीका बिरुध नाराबाजी गरेका थिए। भने मन्त्रीलाई हातपातको प्रयास गरेका थिए। उनीहरुले संस्कृति मन्त्रीको संस्कार नभएको भन्दै बिरोध गरेका हुन्।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।