काठमाडौँ । भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गरेका शाहीले हिजो भएको घटनाबारे जानकारी दिने भन्दै पुल्चोकमा आज गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शाहीले पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिन नसकेपछि युटुबर र शाही समर्थक बीच हात हालाहालको स्थिति बनेको थियो ।
शाहीले केही पत्रकारहरुलाई दुर्व्यवहार गरेका छन् भने अमर्यादित भाषा समेत प्रयोग गरेका छन् ।
युटुबरहरु आक्रोसित बनेपछि परिस्थिति तनावपूर्ण बनेको थियो । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर सुरक्षा दिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
स्थिति सामान्य भएपछि उनलाई छाडिएकाे छ ।
प्रतिक्रिया