१९ पुस २०८१, शुक्रबार | Fri Jan 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पर्यटनमन्त्री भट्टराई डेंगुको छलफलमा


३० भाद्र २०७६, सोमबार  

0
Shares


३० भदौ ०७६, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराई सक्रियतामा रोग डेंगुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव विषयमा सोमबार मन्त्रालयमा छलफल भएको छ ।
यस छलफलमा कार्यक्रममा मन्त्री योगेश भट्टराई, सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य गृह, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल होटल संघ, वायुसेवा संञ्चालकक, पर्यटन वस व्यवसायी संघ लगायतका पर्यटन तथा हवाई क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मन्त्री भट्टराईले ‘भ्रमण वर्ष–२०२०’ को पुर्वसन्ध्यामा नेपालको पर्यटन क्षेत्रमा यस रोगको कारणबाट पर्न सक्ने असर र निराकरणका लागि अपनाउन सबै सरोकारवालाहरुलाई निर्देशन दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सबै विमानस्थल सफा राख्ने तथा उडानपूर्व जहाजभित्र तोकिएको मापदण्ड अनुसार औषधी छर्किने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । नेपाल होटल संघ, रेष्टुरेन्ट व्यवसायी संघ, पर्यटक यातायात लगायत पर्यटकीय सेवा दिने बिभिन्न निकायहरुले आफ्नो क्षेत्र सफा राख्ने, पर्यटकलाई सूसुचित गर्ने तथा औषधीको समेत मापदण्ड अनुरुप गर्न गराउन आह्वान गरे ।
मन्त्रीले सूचना दिएरयसको असर न्युनीकरण गर्ने खुल्ला क्षेत्र रहेका पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र, जनकपुर क्षेत्र, पोखरा र सौराहालगायतका पर्यटकीय क्षेत्रहरुमा सरसफाई अभियान चलाउन निर्देशन पर्ने आवश्यकत्ता औल्याएका दिए । साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा तथ्यपूर्ण सूचना सम्प्रषेण गरी नेपालको पर्यटन क्षेत्रमा यसको असर पर्न नदिन र अन्तर्राष्ट्रिय जगतमा पर्यटकीय दृष्टीले नेपाल पूर्ण सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन पयिन दिउका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ९ : ४८ बजे