२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपचारको नाममा झाँक्रीले पेट प्वाल पारिदिएका मगरको गयो ज्यान


३१ भाद्र २०७६, मंगलबार  

0
Shares

मुखैले चुसेर कमलपित्त (जण्डिस) को विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो ।

२ महिनाअघि जन्डिसले थलिएका राजुलाई सदरमुकाममै बसेर आफूलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बिरामीलाई घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए । पेट चिरेर विकार निकाले बापत् ८ हजार रुपैयाँ पनि असुलेका थिए ।

झाँक्रीले पेटमा प्वाल खोपिदिएकाले अवस्था झनै जटिल भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

तर, काठमाडौँ नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाई दिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालीदिएर फिर्ता गरिदिएको थियो ।
लामाविरुद्ध परिवारजनले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन् । हाल उनी फरार छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ७ : ४९ बजे