१८ पुस २०८१, बिहिबार | Thu Jan 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


घुस लिएकोअभियोगमा प्रधानाध्यापकसहित तीन जनाविरुद्ध मुद्दा दायर


९ आश्विन २०७६, बिहिबार  

0
Shares

९ असोज ०७६,काठमाण्डौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सहायक प्रधानाध्यापक घनश्यामराज काफ्ले, सहायक प्रधानाध्यापक भरतविक्रम बिसी, लेखापाल बद्रीप्रसाद पराजुलील लगायतले विद्यालयको क्यान्टिन निर्माण सम्पन्न भएपछि मूल्याङ्कन गरी रकम निकासा गर्ने प्रयोजनका क्रममा घुस मागेको आरोप लागेको छ ।

उनीहरुले सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरेको थियो । उनीहरुलाई बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी जवान गम्हिरा साह तेलीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । जवान तेलीले एक मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आरोप लागेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार  ८ : ५८ बजे