२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


राष्ट्रपति सिको कार्यतालिका प्रकाशित


२४ आश्विन २०७६, शुक्रबार  

0
Shares

 

लपु संवाददाता
२४ असोज ०७६, ललितपुर । नेपाल भ्रमण आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमण तालिका सार्वजनिक गरिएको छ । आगामी राष्ट्रपति पिङ्ग शनिबार (भोलि र पर्सी) नेपालको भ्रमणमा आउने भएका हुन् ।
परराष्ट्रमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको कार्य तालिका प्रकाशित गरेको छ ।
नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।


राष्ट्रपति पिङ्ग शनिबार दुई दिने नेपाल भ्रमणको क्रममा दिउँसो ३ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा उत्रनेछन् । उनको बस्ने व्यवस्था सोल्टी होटलको स्वीफ्टमा गरिएको छ । त्यसपछि उनी ४ बजेर ३० मिनेट जाँदा राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । भने ४ः५० बजे सोल्टी फर्कनेछन् त्याहा उच्चस्तरिय भेटघाट हुनेछ ।


आइतबार राष्ट्रपति पिङ्ग विहान ८ बजेर ३० मिनेटमा सोल्टीमा दुई पक्षबीच हस्ताक्षर हुदैछ । राष्ट्रपति विहान ११ बजे स्वदेश फर्कनेछन् ।
सीको नेपाल भ्रमणको बेला नेपाल र चीनबीच द्विपक्षीय हीत र विभिन्न परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । राष्ट्रपति सीको भ्रमणलाई लिएर सरकारले स्वागतको भव्य तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ८ : २९ बजे