२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


राजपाका एक सांसदले तोडफोड गरे, बुद्ध एयरको काउन्टर


२८ आश्विन २०७६, मंगलबार  

0
Shares

२८ असोज २०७६,काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० का एक सांसदले बुद्ध एयरको काउन्टर तोडफोड गरेकाहुन्। बुद्ध एयरको फ्लाइट ढिलो भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् ।

त्यसैगरी सांसद साहले सोमबार बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा एक विरामीलाई समस्या बढ्न थालेपछि आफू आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको स्वीकार गरेका छन् । यता, बुद्ध एयरको काउण्टर तोडफोड गरेपछि सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमान प्रवेशमै रोक लगाएको थियो ।

सांसद साह र व्यवस्थापक प्रमुख विच हातपात समेत भएको थियो । धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सांसद साह विमानमा बसेर काठमाण्डौँ जान सफल भए ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ७ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।