२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मधुमेह राेग कसरी थाहा पाउने ?


२८ कार्तिक २०७६, बिहिबार  

0
Shares

 

२८ कार्तिक ०७६, काठमाडाै। शुरुको अवस्थामा सामान्य लाग्ने यो रोगले विस्तारै मानिसलाई कमजोर बनाउछ । शरीरका धेरै प्रणालीहरू, विशेष गरी स्नायु र रक्तबाहिकाहरूलाई गम्भीर क्षति पुर्‍याउँने चिकित्सकहरुले बताउँछन् ।

टाइप १ मधुमेह :

टाइप १ मधुमेहको जोखिम धेरैजसो बालबालिकालाई हुने गर्छ । पछिल्लो समयमा ससाना बालबालिकालाई मधुमेहको जोखिम बढ्दै गएको अध्ययनले देखाएको छ।

टाइप १ मधुमेह तब हुन्छ जब प्यांक्रियाजले इन्सुलिन बनाउन सक्दैन । शरीरमा इन्सुलिन भएन भने शरीरमा भएको ग्लुकोज उर्जामा रुपान्तरण हुँन सक्दैन । जसका कारण रगतमा ग्लुकोजको मात्रा बढ्न जान्छ ।

ग्लुकोज आफैंमा चिनी नै हो । यो उर्जामा परिणत हुन्छ । तर यसका लागि चाहिने इन्सुलिन हर्मोन शरीरमा उत्पादन नभए यसले विस्तारै मधुमेहको रुप लिने गर्दछ ।

टाइप १ मधुमेह किन हुन्छ ?

टाइप १ मधुमेह एक अटोइम्यून रोग हो । यो रोग तब लाग्छ, जब शरीरको प्रतिरक्षा प्रणाली प्यानक्रियाजको विटा ग्रन्थीमा हमला गरी विटा ग्रन्थीमा क्षति पुर्‍याउँछ। विटा ग्रन्थी इन्सुलिन बनाउने कोषिका हो । र, टाइप १ मधुमेह भएका मानिसले रगतमा ग्लूकोजको मात्रालाई नियन्त्रित गर्न पर्याप्त मात्रामा इन्सुलिन बनाउन सक्दैनन् । जसका कारण उनीहरुमा यस किसिमको समस्या निस्कने गर्छ ।

टाइप १ डायविटिज कसरी हुन्छ ?

बच्चा तथा वयस्कहरुमा आम मानिने टाइप १ मधुमेह कुनै पनि उमेरका व्यक्तिलाई हुनसक्छ । विशेषगरी, कुनै परिवारमा आमा वा बाबुलाई मधुमेहको समस्या छ भने उनीहरुबाट जन्मने सन्तानलाई टाइप १ मधुमेह हुने सम्भावना उच्च हुन्छ ।

यो रोग टाइप २ मधुमेहको तुलनामा दश प्रतिशत भन्दा कमलाई हुने गर्छ । र, समयमै उपचार भएको खण्डमा यो रोग निको हुनसक्छ ।

चिसो ठाँउमा बसोबास गर्ने मानिसमा पनि यो रोग लाग्ने सम्भावना उच्च हुने गर्छ । त्यस्तै, केही एन्टीबडी भएका मानिसमा पनि मधुमेह रोगको जोखिम उच्च हुने गर्छ । टाइप १ मधुमेह भएमा यी लक्षणहरु देखा पर्छ ।

मधुमेहमा  के के हुन्छ ?
मधुमेह भएमा शरीरले एकत्रित भएका चिनीलाई मिर्गौलामार्फत बाहिर फाल्न सुरु गर्ने हुदाँ मधुमेहमा पिसाबको समस्या अचानक बढ्ने गर्छ । र, पिसाब गर्दा शरीरको पानी समेत बाहिर जाने हुदाँ शरीरमा पानीको कमी भई मधुमेहका रोगीलाई बारम्बार तिर्खा लाग्ने गर्छ ।

मधुमेह भएमा शरीरको क्यालोरी पिसाब मार्फत बाहिर निस्कने भएकोले शरीरले उक्त क्यालोरीलाई उर्जाको रुपमा प्रयोग गर्न असमर्थ हुने गर्छ ।जसले गर्दा मधुमेहका रोगीलाई अत्याधिक मात्रामा भोक लाग्ने गर्छ ।

शरीरमा पानीको कमी भएमा शरीरको तौल अचानक कम हुने गर्छ । जसले गर्दा मधुमेहका विरामीलाई शरीरको तौल कम हुँदै गएको महसुस हुने गर्छ ।

टाइप २ मधुमेह राेग :

टाइप २ मधुमेह विश्वभर रहेका मानिसमा देखिएको मधुमेह हो । अर्थात बालअवस्था पार गरिसकेपछि हुने इन्सुलिन हर्मोन उत्पादनको गडबडीबाट यो रोगले गाँज्ने गर्दछ । यो शरीरको वजन धेरै हुनु र शारीरिक निश्क्रियताबाट हुने गरेको चिकित्सकहरु बताउँछन् ।

हालसालै यस प्रकारका मधुमेह वयस्कहरूमा मात्र देखिएको थियो तर यो बच्चाहरूमा पनि प्रायः बारम्बार देखा पर्ने गरेको छ ।

गर्भवती मधुमेह :

गर्भावस्थामा हुने मधुमेह हाइपरग्लाइसीमिया हो । रगत ग्लुकोजको मूल्य सामान्य भन्दा माथि तर मधुमेह रोगी निदान भन्दा तल, गर्भावस्थामा हुने गर्भावस्थामा मधुमेह भएका महिलाहरू गर्भावस्थामा र डिलिभरीको बेला जटिलताको बढी जोखिममा छन्। तिनीहरू र तिनीहरूका बच्चाहरू भविष्यमा टाइप २ मधुमेहको जोखिममा हुन्छन् ।

गर्भावस्थामा मधुमेह पत्ता लागेका लक्षणहरूको सट्टामा जन्मपूर्व स्क्रीनिंगमार्फत पत्ता लाग्छ ।

कस्तो अवस्थामा मधुमेहको जोखिम हुन्छ रु

परिवारका कुनै सदस्य वा नजिकका नातेदारमा मधुमेह भएमा,

शारीरिक तौल ज्यादा वा कम्मरको परिधि ९पुरुष ३५।५ इन्ज, महिला ३१।५ इन्चभन्दा बढी भएमा,

उच्च रक्तचाप भएको वा पहिले हृदयाघात वा मस्तिष्काघात भइसकेको भएमा,

महिलाको पाठेघरमा धेरै सिस्टहरू भएको खण्डमा,

गर्भवती हुँदा गर्भावस्थाको मधुमेह भएको भएमा र कडाखाले मानसिक स्वास्थ्य समस्या निरन्तर भएको अवस्थामा ।

मधुमेह राेगकाे मुख्य लक्षणहरू :

१)  बढी तर्खा लाग्ने,
२  राति बढी मात्रामा पिसाब लाग्ने,
३ ज्यादै थाकेको महसुस हुने,
४ अचानक शारीरिक तौल घट्ने,
५  गुप्तांग चिलाउने वा बारम्बार कीटाणुको संक्रमण भइरहने,
६  घाउ–खटिराहरू चाँडै निको नहुने,
७ दृष्टि धमिलो हुने, आदि ।

मधुमेहका बिरामीलाइ हुन सक्ने जटिलता :

१  मुटुरोग
२ मस्तिष्काघात
३  स्नायुप्रणालीमा क्षति
४  मिर्गौलामा क्षति
५  आँखाको विशेषतः रेटिनामा क्षति

मधुमेह राेग थाहा पाउन के परीक्षण गर्ने ?

रगत जाँच स् मधुमेह थाहा पाउन रगतको जाँच गर्नुपर्छ । यो जाँचमा रगतमा भएको चिनीको मात्रा ९खालीपेटमा र खाना खाएको २ घण्टापछि० हेर्नुपर्छ । बिरामी यदि गर्भवती भएमा खाना खाएको १ घण्टापछि हेर्न सकिन्छ । त्यसरी नै कम्तीमा वर्षको एकपटक कोलेस्टेरोल, किड्नी, लिभर र थाइराइडका जाँच गराउनुपर्छ ।

पिसाबको जाँच स् पिसाबमा माइक्रो अल्बुमिन र पिसाबको रुटिन जाँच गराउँदा मिर्गौलामा कुनै संक्रमण भए–नभएको समयमै पत्ता लगाउन सजिलो हुन्छ ।

अन्य जाँचहरू स् मुटुको कार्यक्षमता तथा अवस्था थाहा पाउन इसिजी र इको जाँचका साथै आँखाको रेटिना जाँच गराउनु मधुमेहका बिरामीका लागि अत्यन्तै आवश्यक हुन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ९ : ३१ बजे