७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्याङ्गगाँउ ः बदलिएको एउटा बस्ती


२९ कार्तिक २०७६, शुक्रबार  

0
Shares

प्याङ्गगाँउ बस्ती । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
२९ कार्तिक ०७६, चापागाँउ । चापागाँउको प्याङ्गगाँउ बस्तिभरी केही बर्षअघिसम्म लस्करै मकैका थाङ्ग्रा लगाइएको हुन्थ्यो । असोज कार्तिक महिनातिर घरको भित्तामा खुर्सानी, नसुन प्याजलगायत अनाज डोरीमा झुण्डाइएको देखिन्थ्यो । बस्तीभर परम्परागत पोशाक लगाएका मान्छे भेटिथ्यो । तर अहिले प्याङ्गगाँउ त्यस्तो छैन ।
२०७२ को भुकम्पपछि प्याङ्गगाँउको पुरानो बस्ती बदलिएको छ । यहाँका पुराना घर भत्केपछि सिमेन्टको वालसहित ढलान घर बनेका छन् । प्याङ्गगाँउको सिङ्गो बस्तीमा २÷३ बटा मात्रै मकैका थाङ्ग्रा छन् । पहिले जस्तो खर्पन बोकेर केही पनि हिड्दैन ।

निर्माणाधिन प्याङ्गगाँउ गेट ।

स्थानीय जीतबहादुर महर्जन प्याङ्गगाँउका स्थानीयले भुकम्पपछि जग्गा बेचेको कारण बस्तीमा मकैको थाङ्ग्रा नदेखिएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘यहाँका धेरै मान्छेले मकै फल्ने जग्गा बेचिसके । भएकाहरु पनि जग्गामा खेती गर्नुभन्दा तरकारी खेती गर्दा नाफा ज्यादा छ ।’
स्थानीय माइली महर्जन बढ्दो शहरीकरणका कारण प्याङ्गगाँउको मौलिकता भुकम्पपछि हराएको स्वीकार गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आजकलको युवा आधुनिक जीवनशैलीप्रति मोह भएको कारण प्याङ्गगाँउ बस्ती फेरिएको छ ।’
उहाँ भन्नुहुन्छ केही समयअघिसम्म यहाँको संस्कृती,रहनसहन, भेषभुसा हेर्न विभिन्न विद्यालयबाट अध्येता आउने गर्दथे । पहिले कोही आउदैन ।
प्याङ्गगाउबासी चरसुन्दर महर्जन वैबबशाली प्याङ्गगाँउको ल्याण्डस्केप मात्रै परिवर्तन भएको नभई स्थानीयबासीको आधुनिकता प्रतिको मोहका कारण संस्कृती समेत मासिएको तर्क गर्नु हुन्छ ।
प्याङ्गगाँउको परिचय बनाएको बाँसबाट निर्मित प्याङ्गपाथी युवाहरुले बनाउन छोड्दा लोप हुने अवस्थामा पुगेको स्थानीय जित बहादुर महर्जन बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ , पहिले त म पनि बनाउथे । तर अव बुढो भइयो बनाउन सकिन्न ।

एक घरमा झुण्डाएको मकै ।

प्याङ्गगाँउ बदलिए पनि स्थानीय नवराज महर्जन चन्दा उठाएर प्याङ्गगाँउ पस्ने परम्परागत ढोका निर्माण गरिरहेका छन् ।
अर्का स्थानीय पूर्ण बहादुर महर्जन कहाँ प्याङ्गपाथी किन्न ग्राहक सधैं आइ नै रहेका हुन्छन् । तर प्याङ्ग किन्न आउनेहरु रित्तो हात र्फिर्करहेका छन् । पूर्ण बहादुर दम रोगका विरामी हुनुहुन्छ । त्यसैले उहाँ प्याङ्गपाथी बनाउन सक्नु हुन्न ।
केही बर्ष अघि प्याङ्गगाँउमा प्याङ्ग बनाउन तालिम पनि दिइयो । तर यहाँका युवामा प्याङ्ग बनाउने जागर कसैमा देखिएन । जीत बहादुरका अनुसार प्याङ्ग बनाएर जीवन धान्न सकिने अवस्था छैन । शहरमा काम गर्न गए अहिले नै पैसा हात पर्छ । तर प्याङ्ग बनाएर ग्राहक आउला नआउदा कुनै टंगो छैन ।
पुरानो जमानाका चल्तीमा आएको बाँसबाट बनाइने प्याङ्गपाथीले बजारमा आएको प्लाष्टिक, सिल्भर र स्टिलका भाँडाकुँडासँग प्रतिश्पर्धा गर्न नसक्दा लोप हुने अवस्था आएको विचार माइला महर्जन व्यक्त गर्नुहुन्छ ।
प्याङ्गगाँउको मौलिकता फर्काउन आफूले ज्यादा कसरत गरेको जानकारी दिदै चरसुन्दर महर्जन बर्षमान पुन अर्थमन्त्री छँदा प्याङ्गगाँउलाई पर्यटकीय क्षेत्र बनाउन योजना अघि सारेको स्मरण गर्दै भन्नुहुन्छ, ‘उहाँका युवामा आधुनिक जीवनशैली प्रतिको मोह नहटेसम्म परम्परा संस्कृतीसँगै यहाँको पुराना संरचना जोगाउन सकेने रहेनछ ।’
प्याङ्गगाँउको बस्ती परापुर्व

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : ४३ बजे