३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर ठैबका हैजाका बिरामी अस्पतालबाटै भागे



९ साउन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि भर्ना भएका ललितपुर ठैबका तीन जना हैजाका बिरामी भागेका छन्।
आइतबार उपचारका लागि भर्ना गरिएका तीन जना बिरामी मंगलबार राति भागेका हुन्। डेढ घण्टाको फरकमा तीनै जना भागेको अस्पतालको आकस्मिक कक्षका इन्चार्ज भानेश्वर यादवले जानकारी दिए। उनीहरूमध्ये एक जना शौचालयको भेन्टिलेसनबाट हाम फालेर र अन्य दुई जना वार्डबाटै भागेको अस्पतालले जनाएको छ।

ललितपुरको ठैबस्थित नशारहित समाजद्वारा सञ्चालित पुनःस्थापना केन्द्र रिहाबिलिटेसन सेन्टरमा हैजा संक्रमण भएको पुष्टि भएपछि चार जनालाई आइतबार टेकु अस्पताल ल्याइएको थियो। तीमध्ये मंगलबार एक जनामा गम्भीर समस्या देखिएपछि पाटन अस्पतालमा रेफर गरिएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ११ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।