७ मंसिर ०७६, काठमाडौं । फतुवा विजयपुर नगरपालिका–१ बस्ने सितलपुर बैरनियाका २५ वर्षीय युवाले सोही गाउँकी काकाकी १३ वर्षीय छोरीलाई बलात्कार गरेका छन् ।
ती युवाले बिहीबार साँझ घरनजिकैको उखुबारीमा लगेर बहिनी नातापर्नेलाई बलात्कार गरेका हुन् ।
त्यस्तै बलात्कार गर्ने युवा फरार रहेकाछन् भने पीडित बालिकालाई चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिनुभयो ।
त्यसैगरी बालिकाले साँझ आफ्नो बारीमा तरकारी लिन गएको मौका छोपी दाजुले तरबारीबारी नजिकै रहेको उखुबारीमा लगेर जबर्जस्ती गरेको थियो ।
त्यहि समयमा खेतमै रहेका बुबाले देखेपछि हारगुहार गरेर अन्य गाउँले सो स्थानमा पुगेका स्थानीय बिलास दासले बताएका छन् ।
प्रतिक्रिया