१४ मंसिर ०७६ पोखरा । कास्की क्षेत्र नं–२ मा जारी उपनिर्वाचनको क्रममा जिल्ला प्रशासनबाट अनुमति नलिइ चलाइएका एकसय पचासभन्दा बढी सवारी साधनलाई आज (शनिबार ) जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको छ ।
अनुमति नलिएका गाडी समातिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणमा लिएका गाडीमध्ये अधिकांश मोटरसाकल रहेको बताइएको छ ।
त्यस्तैगरी आकस्मिक सेवाका एम्बुलेन्स, दमकल, खानेपानी, विद्युत, खानेपानीका ट्याङ्कर र अत्यावश्यक सेवाका साथै अनुमति लिएका सवारी साधन सञ्चालन भइरहेकाे प्रहरीले जानएकाे छ। ।
रासस
प्रतिक्रिया