२९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दाङको क्षेत्र नम्बर ३ (ख) मा नेकपाकी विमला वली विजयी


१६ मंसिर २०७६, सोमबार  

0
Shares

१६ मंसिर ०७६ दाङ । दाङको प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की विमला  वली विजयी भएकी छन् ।

त्यस्तै हिजै आइतबार राति सकिएको मतगणना अनुसार विमला कुमारी  वलीले २४ हजार २८६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यले १९ हजार १८२ मत प्राप्त गरेका छन् । वली ले ५ हजार १०४ मतान्तरले जितेकी हुन् ।

त्यस्तैगरी साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भूपाल रावतले २२५, समाजवादी पाटीैका डिल्लीबहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र संयुक्तका छोटी लाल थारुले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९०, नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्र बहादुर खत्रीले २६, नेपाल मजदुर किसान पार्टीका सुरेश परियारले १५, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्माले ११, विपी कांग्रेस पार्टीका दिपक कुमार धितालले २ तथा स्वतन्त्रबाट टिकाराम आचार्यले ४ र गोविन्द केसीले २ मत प्राप्त गरेका छन्।

त्यस्तै ६८ हजार ७ सय १९ मतदाता मध्ये ४५ हजार ७ सय १८ मत खसेको थियो । ७ सय ९७ मत बदर भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ७ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।