७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंमा चिसो बढ्यो, आज यस वर्षकै न्यून तापक्रम


२० मंसिर २०७६, शुक्रबार  

0
Shares

२० मंसिर ०७६ काठमाडौं ।  उपत्यकाको तापक्रम आज बिहान हिजो बिहीबारको भन्दा झण्डै एक डिग्री सेल्सियसले घटेको छ । आज बिहान यो वर्षको कम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

त्यसैगरि हिजो बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस थियो । आज दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान गरेको छ । शुक्रबार पश्चिमी पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली हुने तथा अरु ठाउँको मौसम आशिंक बदली हुने मौसमविद्ले अनुमान छन् । पानी पर्ने संभावना कम रहेको छ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ११ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।