१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बलात्कार गरेको आरोपमै अर्का महरा पक्राउ


२३ मंसिर २०७६, सोमबार  

0
Shares

२३ मंसिर ०७६, सप्तरी । बलत्कारको आरोपमा फेरि अर्का महरा थरका आरोपी पक्राउ गरिउको छ । बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ ।
बालिकालाई ललाइफकाइ बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखी कात्तिक २६ गते आरोपितले बलात्कार गरी फरार भएको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरीका आधारमा महरालाई पक्राउ गरेको र आवश्यक कानुनी कारवाहीका लागि उनलाई आज जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ८ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।