२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पिकनिक जाँदै गरेका विद्यार्थी बस दुर्घटना हुँदा २२ जना घाइते


२७ मंसिर २०७६, शुक्रबार  

0
Shares

२७ मंसिर ०७६, भक्तपुर

२७ मंसिर ०७६, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा आज कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा५ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् ।

काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट घ्याम्पेडाँडामा पिकनिक मनाउन जाने क्रममा साँघुरो सडकबाट बस बाटोबाट खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् भने अन्य २० घाइते खतरामुक्त रहेका महानगरीय प्रहरीबृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

पिकनिकका लागि ११ गाडीमा कलेजका विद्यार्थी र शिक्षक गएका उक्त बस पाइलट बाबा आश्रम नजिकै सडकबाट खसेर रुखमा अड्केपछि ठूलो दुर्घटनाबाट बचेको उहाँले बताउनुभयो

त्यस्तैगरि दुर्घटनाका घाइतेमध्ये दुईको भक्तपुर अस्पतालमा र अरुको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।