१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सरकारलाई ज्ञापन पत्र दिन खोज्दा दमन


१५ पुस २०७६, मंगलबार  

0
Shares


१४ पुष ०७६, काठमाडौं । देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सरकार फाँसिवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गजुरेलले हिजो सिमा अतिक्रमणबारे नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने क्रममा आफूहरुलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै यस्तो आरोप लगाउनु भयो ।
उहाँले भन्नु,‘हिजोको घट्ना पूर्व अनुमानभन्दा बाहिरको घट्ना हो । हामी सरकारलाई जानकारी गराएर नै ज्ञापनपत्र बुझाउन सिंहदरबार गएका थियौं । तर, प्रहरी ज्यादती भयो । हाम्रा साथीहरुमाथि अन्धधुन्ध लाठी चार्ज भयो । हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन चाहेका थियौं, तर उहाँ पूर्णतयः बेड रेष्टमा भएको खबर उहाँको सचिवालयबाट आएपछि हामीले पनि रक्षामन्त्रीलाई नै ज्ञापनपत्र बmुझाउने भनेर समय लिएर नै त्यसतर्फ गएका थियौं ।’
गजुरेलले हनुमानस्थान परिसरबाटै आफूहरुमाथि धरपकड भएको सुनाउनु भयो । उहाले भन्नुभयो,‘त्यहाँ खटिएका प्रहरीहरु डिएसपीको कमाण्डमा थिए । हामीले शान्तिपूर्ण रुपमा आफ्नो र्याली निकाल्दा किन यसो गरिएको भनेर डिएसपीलाई सोध्दा उहाँले माथिको आदेश भन्नुभयो । हामीले पनि उहाँलाई भन्यौं, माथिको आदेश दिने मान्छे को रैछ ? हामी पनि जानौं न भनेर सोध्दा गिरफ्तार गरियो । अन्धधुन्ध लाठीचार्ज गर्दा ८ जनाभन्दा बढि घाईते भए ।’
उहाका अनुसार लाठी चार्जमा घाईते हुनेहरुमा नेताहरु दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, सुनिता बुढाथोकी, शारदा महतलगायत थिए भने पक्राउ पर्नेहरुमा सिपी गजुरेल, परि थापा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, दिपक बहादुर शाही, फुरनाम्गेल, वसन्त बोगटी, खगेन्द्र छन्त्याल, पदम भण्डारी, ढोग प्रसाद अधिकारी, मीन गिरी, सुन्दर श्रेष्ठ, नरेन्द्र कार्की, अमित योञ्जन लगायत थिए ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ९ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।