१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीबारे ओलिलाई केटाकोटीको अचम्मको प्रश्न


१६ पुस २०७६, बुधबार  

0
Shares


१६ पुस ०७६, ललितपुर । ‘हजुर, जस्ता प्रश्नको पनि उत्तर सामान्य ढङ्गबाट दिनुहुन्छ, यहाँले जस्तो अथाह ज्ञान पाउन हामीले कसरी पढ्ने होला ?’, जेभियर्स इन्टरनेशनल स्कुलका छात्र प्रज्ञान बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा सामान्य लाग्ने गम्भीर प्रश्न राख्नुभयो ।
प्रश्न खस्ने बित्तिकै नेपाल प्रज्ञा प्रतिष्ठानको खचाखच हल पररर… तालीले गुञ्जियो । अच्चम्मको प्रश्न सुनेर स्वयं बालबालिका मुखामुख गरेर हाँसे । बालबालिकाको सामुन्य हुनुहुन्थ्यो प्रधानमन्त्री केपी शर्मा ओली । उहाँ पनि प्रश्न सुनेर छक्क पर्नुभयो । अनि मन्द मुस्कुराउनुभयो ।

“ज्ञान संसारमा यति धेरै छ, विश्व ज्ञानको भण्डार हो, त्यसको हामीले एउटा सानो अंश मात्रै प्राप्त गर्न सक्छौँ, भाइबहिनीहरुलाई जुन मसँग अथाह ज्ञानको भण्डार छ भन्ने लागेको छ, त्यो साँचो होइन”, उनीहरुको जिज्ञासा मेटाउँदै प्रधानमन्त्रीले थप्नुभयो, “विश्वमा ज्ञानको भण्डार अथाह भएकाले आफूलाई चाहिने र विषयगत ज्ञान प्राप्त गर्नुपर्छ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानमा आज ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम थियो । चिटिक्क सजाइएको प्रतिष्ठानको हलमा प्रधानमन्त्री ओली स्काउटको पोसाकमा हुनुहुन्थ्यो । बालबालिका पनि स्काउट पोसाकमै थिए ।

उक्त कार्यक्रममा बालबालिकाले प्रधानमन्त्रीलाई विभिन्न प्रश्न तेर्साए । प्रफुल्लित देखिनुभएका प्रधानमन्त्री ओलीले पनि सहज र सरल रुपमा जिज्ञासा मेटाउनुभयो । बालबालिकासँग सवालजवाफ गर्न पाउँदा प्रधानमन्त्रीको अनुहारमा छुट्टै चमक देखिन्थ्यो । प्रधानमन्त्रीसँग जिज्ञासा राखेर नजिकबाट नियाँल्न पाउँदा बालबालिकाहरु खुशी नहुने कुरै भएन ।

उनीहरुले प्रधानमन्त्रीलाई बाल्यकालका स्वभावदेखि भविष्यको लक्ष्य, राजनीतिक घटनाक्रम र समसामयिक विषयका प्रश्न राखे । “बाल्यकालमा तपाईंको लक्ष्य के थियो ? प्रधानमन्त्री बन्छु भन्ने सोच्नुभएको थियो ?” विनम्र श्रेष्ठले सोध्नुभयो । “एक दुर्गम गाउँमा त्यसमाथि अहिलेभन्दा ६८ वर्षअघि गाउँको साधारण किसान परिवारको बालकले देशको प्रधानमन्त्री बन्छु भन्ने सपना देख्नु र परिकल्पना गर्नु सम्भव थिएन”, प्रधानमन्त्रीले जवाफ फर्काउनुभयो ।
शिक्षक, विद्वान जो देख्यो त्यही बन्न मन लाग्ने गरेको बाल्यकालको अनुभव सुनाउँदै उहाँले समाजका विकृति देखेपछि भने त्यसविरुद्ध आवाज उठाउनुपर्छ भन्ने कुराको बोध भएको प्रतिक्रिया दिनुभयो । बालबालिकाको जिज्ञासामा उहाँले प्रधानमन्त्री हुन महान् उद्देश्य लिएर इमान्दार भएर लाग्नुपर्ने सुझावसमेत दिनुभयो ।
बालबालिकासँगको सवाल जवाफका क्रममा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य पनि हुनुहुन्थ्यो । शाक्यले अन्तत्र्रिmयालाई खुब चासो दिएर नियालिरहनुभयो । बाल्यकालको स्वभाव बारेको जिज्ञासामा प्रधानमन्त्री ओलीले इमान्दार, झुटो नबोल्ने र खेल्न बढी रुचाउने खालको थियो भन्नुभयो । उहाँले विद्यार्थीलाई पढाइमा ध्यान दिनसमेत आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओली बालकालिकासँग औधी रमाउनुहुन्छ । अघिल्लो वर्ष एचआइभी सङ्क्रमति बालबालिकाको प्रतिभा देखेर दङ्ग पर्नुभएका प्रधानमन्त्री ओलीले उनीद्वारा प्रस्तुत गीतसङ्गीतमा भरपुर मनोरञ्जन लिनुभएको थियो । उहाँले आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन भएकाले सबैलाई शुभकामना दिँदै सफलता र राम्रो स्वास्थ्यको कामना गर्नुभयो । प्रधानमन्त्री ओलीले सुझाव दिँदै भन्नुभयो, “इमान्दारिता नै सफलताको सूत्र हो ।”
उहाँले आफू जस्तै बालबालिका पनि खुशी हुनुपर्नेमा जोड दिँदै आफूले भविष्य र नयाँ पुस्ताका लागि काम गरिरहेको जानकारी गराउनुभयो । कार्यक्रममा छजना बालबालिकाले प्रधानमन्त्रीलाई प्रश्न राखेका थिए । बालबालिकासँग महत्वपूर्ण कार्यक्रम राखेको भन्दै उहाँले नेपाल स्काउटलाई धन्यवाद दिनुभयो ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ९ : ५३ बजे