१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पत्रकार बेरोजगार भए सरकारले ३ महिना पाल्ने


१० माघ २०७६, शुक्रबार  

0
Shares


१० माघ ०७६, विराटनगर । पत्रकारको हकहितमा कोष स्थापना गरेर १ नम्बर प्रदेश सरकारले कामविहीन पत्रकारहरुलाई कम्तीमा तीन महिनाको निर्वाह खर्च पाउने व्यवस्था गर्ने भएकोे छ ।
पत्रकार दुर्घटनामा पर्दा, कडाखालका रोग लाग्दा र पत्रकार सुरक्षा कोष सञ्चालन तथा व्यवस्थापनका विषयमा शुक्रबार भएको छलफलमा कोषले पत्रकारहरुलाई आफ्नो कार्यक्षेत्रमा अझ जिम्मेवार बनाउने धारणा सहभागीहरुले व्यक्त गरेका छन् ।
सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव कमल थापाले कोष परिचालन एवं व्यवस्थापनका लागि बनेको कार्य्विधिलाई अझ परिमार्जन गर्न पत्रकारहरुको सुझाव आवश्यक छ भन्नुभयो । मन्त्रालयका उपसचिव क्रृषिराम पौडेलले कोषबाट सक्रिय पत्रकारले लाभ पाउने भएकाले यसको सञ्चालन एवं व्यवस्थापन पनि नियमअनुसार नै हुनुपर्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका सभापति बन्धु पोखरेल र सङ्घका झापा शाखा अध्यक्ष तारामणि सापकोटाले पत्रकार सुरक्षा कोषलाई बलियो बनाउन पत्रकारले एक पटकमा रु एक हजार जम्मा गर्नुपर्ने र प्रदेशभरिमा रहेका सञ्चार प्रतिष्ठानले वर्षमा कम्तीमा रु ५०० जम्मा गर्ने प्रावधान कार्य्विधिमा हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकार, नेपाल सरकार, सम्बन्धित मन्त्रालय, नेपाल पत्रकार महासङ्घ, स्वदेशी तथा विदेशी सङ्घ संस्था वा व्यक्तिले कोषमा रकम जम्मा गर्न सक्ने कार्य्विधिले व्यवस्था गर्ने भएको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ६ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।