८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ल्होसारको अवसरमा मुख्यमन्त्री डोरमणिद्वारा शुभकामना


११ माघ २०७६, शनिबार  

0
Shares

११ माघ ०७६, हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तामाङ समुदायको महत्वपूर्ण चाड ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । २८५६ औँ सोनाम ल्होसारको अवसरमा सामाजिक संजाल फेकबुकमा आज एक शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले तामाङ भाषामा ‘ल्होछारला ज्याबाडान्बा मुवा’अर्थात् नयाँ वर्ष ९ल्होसार० को शुभकामना छ भन्नुभएको छ ।

शुभकामना सन्देशमा पौडेलले यस पर्वले नेपाली नेपालीबीच भाइचाराको विकास गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । “तामाङ जातिको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड ल्होसारको अवसरमा वाग्मती प्रदेश एवं सम्पूर्ण देशवासी तामाङ दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । ”

त्यस्तैगरि बाह्र वर्षलाई एक वर्गका रुपमा मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष भनी हिसाब गरेर मनाइने ल्होसार यो वर्ष सुँगुर वर्गलाई बिदा गरी मुसा वर्गलाई स्वागत गरेर आज धुमधामसँग मनाइँदैछ । तामाङ भाषामा ‘ल्हा’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने अर्थ लाग्छ । त्यसैले ल्होछार भन्नाले नयाँ वर्ष वा नयाँ साल भनेर बुझिने गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ८ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।