१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महिला गर्भवती भए १५ सय रुपैयाँ प्रोत्साहन भत्ता


११ माघ २०७६, शनिबार  

0
Shares

११ माघ ०७६, झापा । झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।
गाउँपालिका भित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स–रे गर्न सहयोग पु¥याउने उद्देश्यले सबै गर्भवती महिलालाई प्रोत्साहन स्वरुप भत्ता प्रदान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद दाहालले जानकारी दिनु भयो।

त्यस्तैगरि कतिपय गर्भवती महिलामा चेतनाको कमी र आर्थिक अभाव हुँदा उनीहरुले नियमित गर्भ जाँच नगराउने भएकाले नियमित गर्भ जाँच गराउन प्रोत्साहन दिँदै आर्थिक सहयोग गर्न लागिएको र प्रोत्साहन रकम लिने गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गराउनु पर्ने दाहालले जानकारी दिनुभयो ।

आदिवासी समुदायको वाहुल्यता रहेको बाह्रदशी गाउँपालिकामा अझैं पनि चेतना अभावका कारण घरमै प्रसुति गराउने क्रम रहेको र त्यसलाई अन्त्य गर्दै स्वास्थ्य संस्था र अस्पतालमा मात्रै सुरक्षित रुपमा प्रसुति गराउन प्रोत्साहन दिने उद्देश्यले गाउँपालिकाले नयाँ योजना अघि सारेको प्रमुख प्रशासकीय अधिकृत दाहालको भनाइ छ ।
त्यस्तै यहाँका गर्भवती महिलाले वडाको सिफारिसमा नजिकै रहेका स्वास्थ्य संस्थाबाट यो सेवा लिन सक्ने भएका छन् । रासस

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।