८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महोत्तरी वन कार्यालयका रेन्जर १५ हजार घुससहित पक्राउ


१७ माघ २०७६, शुक्रबार  

0
Shares

१७ माघ ०७६,महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुससहित वन कार्यालयका रेन्जर पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा जलेश्वर सब डिभिजन वन कार्यालय,बखरी महोत्तरीमा कार्यरत रेन्जर राम अशिष यादव रहेका छन् ।

घरायसी चिरान काठ लोड गरेको ट्याक्टर नियन्त्रणमा लिइ घुस माग गरेको गोप्य सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

आयोगको बर्दिवासको टोलीले यादवलाई जिल्ला सहकारी वकिलको कार्यालयबाट १५ हजार घुस लिइसकेको अवस्थामा उनलाई रङगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताउनुभयो ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।