२४ माघ ०७६, कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ चरेससहित नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले हिजो बिहीबार बझाङ केदार स्यु गाउँपालिका–६ का ३८ वर्षीय मकर धामी, ३५ वर्षीय गोपाल धामी र बझाङ बुङ्गल । र नगरपालिका–२ का २३ वर्षीय जयबहादुर धामीलाई पक्राउ गरेको हो ।
घटनाका अभियुक्त र चरेससहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया