१ माघ २०८२, बुधबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अब ट्राफिक सचेतना सारङ्गी धुनले


१ फाल्गुन २०७६, बिहिबार  

0
Shares

०१ फाल्गुन ०७६, काठमाडौं । सचेतनाका आ आफ्नै तरिका हुन्छन् । ट्राफिक प्रहरीले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न सारङ्गी धुनलाई साहारा बनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मनमोहक सारङ्गी धुनले जनचेतना फैलाउन शुरुआत गरेको छ ।
त्यस्तैगरि महाशाखाले बुधबार नयाँ बानेश्वरमा ट्राफिक नियम सचेतनाको लागि ‘सारङ्गी धुन’ प्रयोग गरेको थियो । कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले गीत सङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुलाई व्यवहारमा लागू गर्न सजिलो जानकारी दिनु भयो
साङ्गीतिक कार्यक्रममा ट्राफिक प्रहरी र कलाकार हेमराज गन्धर्व, बालाराम गन्धर्व र दिलबहादुर गन्धर्वलगायतले ‘मान्नै पर्ने ट्राफिक नियम, नमानेमा जान्छ है जीवन’ बोलको सचेतनामुलक गीत गाउनुभएको थियो ।

गीतको माध्यमबाट जेब्राक्रसिङ र आकाशेपुलको प्रयोग, सडक सङ्केतको पालना, मापसे गरी सवारी नहाक्न, तीव्र गति र लापरवाहीका साथ सवारी नचलाउन अनुरोधसमेत गरिएको थियो ।

https://www.youtube.com/@lalitkhabar

आगामी दिनमा अभियानलाई उपत्यकाका सबै चोकमा सञ्चालन गरिने सडक प्रयोगकर्ताले समेत ट्राफिक नियम पालना र सडक अनुशासनलाई जीवन पद्धतिका रुपमा विश्वास लिइरहेको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ११ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।