१ माघ २०८२, बुधबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शान्ति समाजद्वारा पाँच पुरस्कार स्थापना


२ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

२ फल्गुन ०७६ काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले स्व राधादेवी दाहाल, स्व श्रीप्रसाद दाहाल, स्व नारायण दाहाल, स्व जोगमाया बराल र स्व भूमिप्रसाद बराल स्रष्टा सौगात गरी पाँच पुरस्कार स्थापना गरेको छ ।

त्यस्तैगिर शान्ति समाजले स्थापना गरेको पुरस्कार हाल सम्म आठ पुगेको छ । स्रष्टा सौगात पुरस्कारअन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका पाँच जना स्रष्टालाई जनही रु १५ हजार नगद र सम्मानपत्रसहित पुरस्कृत गरिनेछ ।

पुरस्कार स्थापनार्थ नारायण दाहालका पनाति, श्रीप्रसाद दाहालका नाति र राधादेवी दाहालका पति विराटनगर निवासी प्रसिद्ध समाजसेवी बद्रीप्रसाद पहाडीले अक्षयकोष खडा गर्न रु चार लाख र भूमिप्रसाद बराल र जोगमाया बरालका छोरा शान्ति समाजका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण बराल र अच्युत बरालले रु तीन लाख प्रदान गर्नुभएको सभापति उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

त्यस्तै पुरस्कृत व्यक्तित्व छनोटका लागि शान्ति समाज केन्द्रीय कार्य समितिका सभापति पुडासैनीको संयोजकत्वमा वरिष्ठ उपसभापति गोविन्द खनाल, उपसभापतिद्वय विष्णुप्रसाद चापागाईं, रेनुका पौडेल, महासचिव सुशील बस्नेत, अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे र कोषाध्यक्ष रामकृष्ण बराल सम्मिलित छनोट समिति गठन गरिएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  २ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।