
२ फाल्गुन ०७६,नुवाकोट । नुवाकोट जिल्लाकोे चारघरेमा एकजना मजदुरको मृत्यु भएको छ । बिदुर नगरपालिका १२ चारघरेका ५४ वर्षीय भीमसेन आलेमगरको छिमेकीको घर निर्माण गर्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
स्थानीयावासी शंकर पण्डितको निर्माण हुँदै गरेको घरमा काठको बिम राख्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएका भीमसेनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
त्यस्तैगरि उनको घटनाबारे अनुसन्धान भइरहेको छ।







प्रतिक्रिया