७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महरा अदालतबाट छुटेपछि दाङमा कार्यकर्ताको दीपावली


७ फाल्गुन २०७६, बुधबार  

0
Shares


७ माघ ०७६,घोराही । पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाण्डौंले सफाइ दिएपछि उहाँको निर्वाचन क्षेत्र दाङका मतदाताहरुले दिपावली गरेका छन् ।
दाङ क्षेत्र नं २ बाट निर्वाचित सभासद् महराले सफाइ पाउँदा समग्र दाङ र राप्तीबासीलाई फाइदा पुगेको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले प्रतिकृया दिनुभयो ।
‘दाङको समग्र विकासका लागि कुन दल वा नेतामा विभाजित हुनुहुँदैन उहाँ विकासप्रेमी नेता हो, उहाँ निर्दोश भएको अदालतले प्रमाण दिइसकेको छ, ।
स्थानीय वामदेव रिजाल ‘देवदास’ ले महरालाई दुःख दिएर राजनीतिक अभिष्ट पूरा नभएको बताएका छन् ।
महरा दाङको मात्र नभएर समग्र मुलुककै विकासमा योगदान दिने व्यक्तित्व भएको पत्रकार केशरमान विसीले बताउनुभयो ।
महरालाई अदालतले दिएको खुशीयालीमा मतदाताहरुले साँझ ५ बजे घोराहीको तुलसीपुरचोकमा कार्यकर्ताहरुले दीप गरका हुन् ।
दीप प्रज्वलन कार्यक्रमको संयोजक दीपेश पोख्रेलले सहभागी हुन समग्र राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगी व्यवसायी, युवा तथा सम्रग दाङवासी जनसमुदायलाई अनुरोध गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ६ : ४२ बजे