१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तीन दिनको मौसम पूर्वानुमान: मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना


९ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

९ फाल्गुन ०७६।काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका धेरैजसो स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

https://www.youtube.com/@lalitkhabar

त्यस्तैगरी महाशाखाले पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।

त्यस्तै भोलि देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानहरु र पश्चिमी पहाडका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नौ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २० दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १२ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।