१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares

१९ फाल्गुन ०७६,काठमाडौं । काठमाडौं, प्युठान, बर्दिया, सुर्खेत, स्याङ्जा र सिन्धुलीका विभिन्न ठाउँहरुमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

काठमाडौंको जडीबुटी १ ः काठमाडौंको जडीबुटीस्थित सडकमा बा।७४ प ९०६३ नम्बरको स्कुटर र बा।१३ प ४९१४ नम्बरको मोटरसाइकल एकआपसमा खोक्दिाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक काभ्रे घर भएका ३१ वर्षीय दोर्जे तामाङको मृत्यु भएको छ ।

https://www.youtube.com/@lalitkhabar

त्उस्तेैगरी दुर्घटनामा परी गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पताल नख्खु ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो भने । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोरखा सिरान घर भईका भक्तपुर सानोठिमी बस्ने २९ वर्षीय प्रकाश गुरूङ समेत २ जनालाई नागरिक अस्पताल मिनभवन हुँदै थप उपचारको लागि बिर अस्पताल ट्रमा सेन्टर रिफर गरिएको छ भने स्कुटरमा सवार रामेछाप घर भई ललितपुर ईमाडोल बस्ने २४ वर्षीय आकाश कडेललाई नागरिक अस्पताल मिनभवन हुँदै थप उपचारका लागि केएमसी अस्पतालमा सिनामंगल रिफर गरिएको हो ।

प्युठान ः यसैगरी प्युठानको स्वर्गद्धारी नगरपालिका(२ स्थित सडकमा भे।१ च १७१५ नम्बरको जिप सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेर आइतबार साँझ दुर्घटना हुँदा जिप चालक रुकुम पश्चिम बाफिकोट गाउँपालिका(२ बस्ने ३५ वर्षीय राम बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दाङ तुल्सीपुर उपमहानगरपालिका(४ बिजौरी बस्ने ४५ वर्षीय नेप बहादुर बस्नेतलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।

बर्दिया ः बर्दियाको बाँसगढी नगरपालिका(५ खनाल चोकमा पनि ना।५६ प ३१९७ नम्बरको मोटरसाइकल भे।१ त ९२१५ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएर आइतबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका(६ बस्ने २५ वर्षीय अर्जुन सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तैगरी बर्दियाको मधुवन नगरपालिका(९ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने बाल कुमारी दमाईको नाती ४ वर्षीय बुद्धि दमाईको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुर्खेतको ः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(८ दैलेखी चोकस्थित सडकमा भे।१ त ८१७६ नम्बरको ट्याक्टर र भे।३ प ७४२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर आइतबार बेलुका दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

त्यस्तैगरी मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका(१० बस्ने ३३ वर्षीय यम बहादुर बिक र सोही ठाउँ बस्ने ३२ वर्षीय खगेन्द्र बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही नगरपालिका(८ बस्ने तुल बहादुर रजालीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि नेपालगंज नर्सिंङ होम बाँकेतर्फ पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

स्याङ्जाः त्यतैगरी स्याङ्जा, कालिगण्डकी गाउँपालिका(१ हटियास्थित सडकमा लु।४ त २५०० नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बेलुका दुर्घटना हुँदा ट्याक्टर चालक दाङ घोराही उपमहानगरपालिका(७ बेसाही बस्ने २३ वर्षीय विपिन योगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्याङ्जा । स्याङ्जाको कमलामाई नगरपालिका(१३ रुचानीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टरबाट खसेर सोही ट्याक्टरको चक्काले किच्दा ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने ४० वर्षीय बृषलाल माझीको आइतबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरील जानएको छ ट

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  २ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।