१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पूर्वसभासद् घिमिरेको दुर्घटनामा मृत्यु


२० फाल्गुन २०७६, मंगलबार  

0
Shares

२० फाल्गुन ०७६, काठमाडौं । तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिनुभएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको थियो ।

त्यस्तैगरी झापाको मेचीनगर–१३ दुहागढी घर हुनुभएका उहाँले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहनुभएको पारिवारिक स्रोतले बताएको छ । तीन दिनअघि दाह्री काट्न घर नजीकैको “चारआली बजार जान्छु” भनी घरबाट बाहिरिनुभएका उहाँ त्यसपछि सम्पर्कविहीन हुनुहुन्थ्यो ।

https://www.youtube.com/@lalitkhabar

उहाँको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ । नेपालबाट जानुभएका मृतकका भाइ नरेन्द्रले शव पहिचान गर्नुभएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो

विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा ९माओवादी०का तर्फबाट सभासद् निर्वाचित हुनुभएको थियो ।

उहाँले झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोग्नुभएको थियो । नख्खु कारागार तोड्नेमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो । भारतीय प्रहरीले उहाँ एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा पर्नुभएको र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ७ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।