
२१फाल्गुन ०७६, कैलाली । कैलालीबाट बलात्कारको आरोपमा एकजना प्रदेश सांसद पक्राउ परेका छन् । तत्कालीन नेकपा माओवादी पार्टीबाट अछाम जिल्लाबाट निवाचित सांसद अक्कल रावल बलात्कार आरोपमा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । ।
त्यस्तैगरी गत फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश सांसद रावलले ‘बलात्कार’ गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।
पिडीतको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी काटेको थियो । पक्राउ पुर्जी काटेपछि रावल आज बुधबार प्रहरीमा उपस्थित भएका थिए । उपस्थित भएका सांसद रावललाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।







प्रतिक्रिया