१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं महानगरद्वारा सञ्चालित मेयर्स रिसर्च फेलोसिपमा आएन आवेदन


२३ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

२३ फाल्गुन ०७६,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहरी समस्याको दिगो समाधानका लागि ‘मेयर्स रिसर्च फेलोसिप कार्यक्रम २०२०’ अघि सारे पनि त्यसका लागि हालसम्म एउटा आवेदन परेको छैन । कामपा शहरी योजना आयोगले उक्त कार्यक्रमका लागि गत माघ महिनामा नै सूचना प्रकाशन गरी आगामी चैत पहिलो सातासम्म मात्र आवेदन दिने मिति तय गरेको भए पनि हालसम्म आवेदन परेको छैन ।

“यो युवा लक्षित कार्यक्रम हो, निवेदन नआउने भन्ने त हुँदैन, अन्तिममा मात्रै काम हुने प्रचलन रहेको र केही दिन अझै बाँकी रहेकाले अन्तिमसम्ममा आवेदन पक्कै आउला”, आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी गराउनुभयो । काठमाडौँको मुख्य समस्या फोहरको दीर्घकालीन व्यवस्थापन, ट्राफिक जामको समस्या समाधान, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, अनधिकृत बसोबास, दिगो विकासजस्ता विषयको दिगो समाधान खोज्नुपर्नेछ ।

https://www.youtube.com/@lalitkhabar

त्यस्तैगरी कम्तीमा पनि स्नातकोत्तर र सम्बन्धित विषयमा दुई वर्ष अनुसन्धानात्मक कार्य गरेका व्यक्तिले नयाँ तरिकाबाट समस्याको समाधान गर्ने उपायसहित कामपा, शहरी योजना आयोगमा आवेदनसहितको प्रारम्भिक प्रस्ताव पेश गर्नुपर्नेछ । त्यसका लागि कामपाले शुरुमा रु एक लाख ५० हजार सहयोग गर्छ । अनुसन्धानमा आवश्यक परे अन्य सहयोग पनि गरिने आयोगका उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १२ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।