१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना सचेतना अभियान सन्चालन


२४ फाल्गुन २०७६, शनिबार  

0
Shares


२४ फागुन ०७६, काठमाडौं । डिभाइन युथ क्लव नेपालले हाल बिश्वब्यापी महामारीको रुपमा फैलिँदै गएकेो कोरोना भाइरसकाने सचेतना फैलाइ जोखिम न्युनीकरण गर्ने उदेश्यले अभियानकै रुपमा देशका विभिन्न जिल्लामा सचेतना कार्यक्रम सन्चालन गरेको छ ।
गत फाल्गुन ७ गतेबाट क्लवले सुरु गरेको उक्त अभीयानमा हालसम्म १० हजार बढिले प्रतक्ष सहभागीता जनाइ लाभ लिएका छन् । अभीयान अन्तर्गत हालसम्म काभ्रेमा ६, शुर्खेतमा २, कास्कीमा ७, स्याङ्जाका ६, लमजुडमा २ चितवनमा १ गरि २४ विद्धयालयमा अध्यायनरत विद्धार्थीहरुविच सचेतना कार्यक्रम सम्पन्न गरिएको छ भने यसलाइ निरन्तरता समेत दिइरहेको कलवले जनाएको छ । क्लवको कार्यक्रममा स्थानीय जनप्रतीनीधी, सरकारी कर्मचारी, शिक्षक, समाजसेवीहरुको समेत सहभागीता रहँदै आएको क्लवले जनाएको छ । यसैवीच क्लवले स्याड्जाको पुतलीबजारमा सचेतना र्याली समेत सम्पन्न गरेको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयको सहमतीमा स्थानीय तहसँग सहकार्य र समन्वय गरि सचेतना कार्यक्रम सन्चालन गर्दै अ।एको क्लवले जनाएको छ । क्लवले सचेतना अभियान गरेका प्रत्येक विद्धायालयलाइ क्लबको तर्फबाट १ हाइजिनकिट ४ ह्यान्ड सेनिटाइजर र ४ ह्यान्डवास रिफिल समेत हस्तान्तरण गरिरहेको छ ।
मुख्य गरि युवा विद्धार्थीहरुलाइ केन्द्रित गरि सन्चालन गरिएको यस अभीयानमा सम्वद्ध विद्धर्थीहरुलाइ घरपरिवार र समाजमा यो सन्देश फैलाउने कार्यमा संलग्न हुन प्रेरित गर्दै क्लबमा आवद्ध मेडिकल टिमका सदस्यहरुले मुख्य गरि कोरोना भाइरस के हो कसरी सर्छ र यसबाट कसरि शुरक्षीत रहन सकिन्छ भन्ने विषयमा स्लाइड प्रस्तुत गर्दै हात धुने तरिका र शुरक्षीत तवरले माक्स लगाउने तरिका प्रदर्शन समेत गरि विद्धार्थीहरुलाइ सिकाउदै आएका छन्
फाल्गुन २ देखि ५ गते सम्म क्लवको केन्द्रिय कार्यालय श्यामा श्याम धाम ठिमिमा युवाहरुको लागि आयोजित युथ स्प्रीचुअल हेपिनेश क्याम्पमा देशैभरबाट सहभागी युवाहरुलाई श्री राधा माधव समिति नेपालकी अध्यक्षा संगिता दिदिले हाल विश्वब्यापी महामारीको रुपमा फैलीएको कोरोना भाइरसबाट नेपालीहरुमा पर्न सक्ने जोखिमबाट चिन्तीत हुँदै जोखिमलाइ न्युनीकरण गर्न दशैभर विद्यार्थी र युवाहरुमार्फत सचेतना कार्यक्रम सन्चालन गर्न र प्रेम उपहार स्वरुप केहि सेनिटरी सामाग्री वितरण गर्न सामग्री सहित दिनुभएको निर्देशन अनुसार क्लवले आज देशैभर कोरोना भाइरस सम्वन्धी सचेतना कार्यक्रम सन्चालन गरिरहेको बताउँदै क्लवका केन्दिरय सचिव मुकुन्द घिमिरेले यस अभीयानमा सवैलाइ साथ दिन र सचेत रहन अनुरोध समेत गर्नुभयो । त्यस्तै घिमिरेले विद्धार्थी मार्फत तीनीहरुको घर परिवार हुँदै सवै समाजमा सचेतना अभिबृद्धि हुने भएकोले विद्धार्थीलाइ प्राथमिकता दिइ कार्यक्रम सन्चालन गरिएको जानकारी दिनुभयो ।
स्वामी हरिदासजीद्वारा गठित डिभाइन युथ क्लव नेपालले देशैभर सामाजिक र अध्यात्मीक जागरणका साथै विविध रचनात्मक र सामाजिक सेवामुलक कार्यहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।