१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल टेलिकमको डाटा सेवा प्रभावकारी


२४ फाल्गुन २०७६, शनिबार  

0
Shares

२४ फाल्गुन ०७६,काठमाडौंं । नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ । कम्पनीले नयाँ पिसिआरएफ प्रणाली जडान गरी पुराना ग्राहकलाई स्तरोन्नति गरिएको प्रणालीमा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको बताएको छ ।

त्यस्तेगरी डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको ‘पिसिआरएफ’ प्रणालीबाट जिएसएम प्रविधिअन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले स्तरोन्नति गरिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

पिसिआरएफ प्रणालीलाई स्तरोन्नति गरेपश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सक्नेछन् । यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउँदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन् ।

यसको स्तरोन्नतिबाट कम्पनीको जिएसए टुजी÷थ्रीजी÷फोरजीअन्तर्गतका डाटा सेवा ग्राहक वर्गका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीको विश्वास रहेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।