ललितपुर खबर फोटोग्राफी
२५ फागुन ०७६, काठमाडौं । सोमबार होली पर्व । तर बजारमा होलीको खासै रौनक छैन । छ त मात्तै रंगीन मास्कको तामझाम ।
कोरोना भाइरसको त्रास विश्वरभर परिरहेको सन्दर्भमा नेपालमा पनि भाइरसबाट बच्न सावधानी अपनाउन यात्रुहरुले मास्क लगाउन थालेका हुन् । यद्यपि सरकारले नेपालीहरुमा कोरोना भाइरसको संक्रमण नरहेको बताइसकेको छ ।
अघिल्ला बर्षहरुमा बजारमा हप्ता अघिदेखि पानी भरेका बेलुन र प्लाष्टिकका लोला हान्नेहरु बग्रेल्ती देखिन्थ्यो । तर यस बर्ष भने त्यस्तो केही देखिएको थिएन । देखिए त मात्रै रंगीन मास्कहरु ।
शहर बजारतिर निस्कने हो भने आज रंगरंगका विभिन्न बेरेर हिड्ने बटुवा देख्न पाइन्छ । तस्विर संकलनका क्रममा धेरै बटु्वाहरुले बजारमा मेडिकल मास्क प्रयोग गरिरहेको देख्न पाइएको थियो ।
तर हामीले होलीका अवसरमा रंगीन मास्नको तस्विर खोज्यौं । हरेक रंग र ढंगका मास्ट भेटिए । हेरौं तस्विरहरु ः
प्रतिक्रिया