१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मितज्यू’को टिजरमा प्रेम र मितेरी साइनोको द्वन्द्व



 

हुन त पछिल्लो पुस्ता मितेरी साइनोमा विस्वास गर्दैन । हराउदै गएको मितेरी साइनोको कथामा आधारित चलचित्र ‘मितज्यू’ को टिजरले नौलो कथा पस्केको छनक दिएको छ ।

कलाकार दयाहाङ राई,सौगात मल्ल एउटी केटीको लागि झगडा गर्छन्। उनीहरु झगडा गरेको गरै गरेपछि मित लगाउँछन्। उनीहरु नजुधुन् भन्ने हिसावले मित लगाइएको हुन्छ। नेपाली माटोको मौलिक कथामा बनाइएको चलचित्र मितज्यूको टिजरमा दयाहाङ,सौगातका अलवा खबपु, तेरिया पौजा मगर,शिशिर वाङ्देल लगायत कलाकारहरुको अभिनय छ।

जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र आइतबार ओएसआएर युटुबमार्फत फिल्मको टिजर सार्वजनिक भएको हो।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यस फिल्ममा दयाहाङ राई,सौगात मल्ल,तेरिया फौजा मगरका अलवा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर ९खबपु० लगायतको अभिनय रहनेछ।

 

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ३ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।