८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र ‘बा एक योद्धा’मा बाबा–आमाले गरेको त्याग अनि समपर्ण



काठमाडौं

अभिनेत्री सुहाना थापाले चलचित्र ‘बा एक योद्धा’मा बाबा–आमाले गरेको त्याग अनि समपर्णको कथा रहेको खुलाएकी छन् ।

https://www.youtube.com/@lalitkhabar

अभिनेत्री थापाले चलचित्र ‘बास् एक योद्धा’ केही फरक र रुचिकर रहेको बताएकी हुन् । भदौ १९ गतेबाट प्रर्दशन हुने चलचित्र ‘बा स् एक योद्धा’ हेर्न आग्रह गर्दै यसमा केही फरकपन रहेको बताएकी छन् ।

यो चलचित्र र यसमा रहेको पात्र आफ्ना लागि भिन्न रहेको भन्दै उनले सन्तानका लागि बाबा–आमाले गरेको त्याग सिनेमामा रहेको बताएकी छन् ।

“हामी सबैलाई हाम्रो बाबा–आमाले हाम्रा लागि गरेको सेक्रिफाइज ९सम्झौता याद हुन्छ । तर, हामी त्यसलाई बाबा–आमाआमाका अगाडि खुलेर भन्न सक्दैनौँ,” सुहाना भन्छिन्, “मेरो पात्रले मेरो लागि मेरो बुबाले कसरी सेक्रिफाइज गर्नुभएको छ भनेर डिफाइन गरिदिएको छ ।”

चलचित्रमा केही रमाइलो र कनेक्ट गर्ने कुरा रहेको भन्दै सबैलाई चलचित्र मनपर्ने सुहानाको विश्वास छ । दर्शकलाई आफ्नै कथाजस्तो लाग्ने र बाँधेर राख्ने भएकाले ‘बास् एक योद्धा’ हेर्न उनको आग्रह छ ।

भदौ १९ गते रिलिज हुने ‘बाः एक योद्धा’ नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बास् एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ ।

यो चलचित्रमा सुहानाका अलावा दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा ः एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  १० : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।