५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र ‘डियर काव्या’को घोषणासँगै ३० फिट लामो पोस्टर सार्वजनिक




ललितखबर

चलचित्र ‘डियर काव्या’को घोषणामा ३० फिट लामो पोस्टर सार्वजनिक गरिएको छ ।
राजधानीमा चलचित्र घोषणा समारोहमा अभिनेत्रीउपासना सिंह ठकुरी र बिक्की समशेर खड्का मुख्य भूमिकामा रहने जानकारी दिइएको छ ।

गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डियर काव्या’को पोस्टरमा बिक्कीको घाँटीमा रहेको गलबन्दी उपासनाले तान्दै उनलाई नजिक ल्याएको देखिन्छ । पोस्टरको पृष्ठभूमिमा नेपालगन्ज शहरसँगै कर्णाली पुललाई देखाइएको छ ।

https://www.youtube.com/@lalitkhabar

चलचित्रलाई श्रद्धा प्रसाईंले निर्देशन गर्नेछिन् । उनका लागि यो दोस्रो निर्देशकीय चलचित्र हो । यसअघि उनले निर्देशन गरेको ‘ककाकिकी’ प्रदर्शनको तयारीमा छ । ‘डियर काव्या’को छायांकन आगामी मंसिरबाट सुरु गर्ने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुन मगर लगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रका निर्माता देवी सिंह र हेमकुमारी भेटुवाल हुन् भने दिया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माता रहेका छन् । लाइन प्रोड्युसर अर्जुन पौडेल हुन् । चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गर्नेछन् भने मेकअपको जिम्मेवारी प्रिया कार्कीले सम्हाल्नेछिन् । चलचित्रको मिडिया कोअर्डिनेटर चलचित्र पत्रकार गोपिकृष्ण चापागाईं हुन् ।

चलचित्रको औपचारिक घोषणाका क्रममा निर्देशक श्रद्धा प्रसाईंले आफूलाई विश्वास गरेर निर्देशनको जिम्मेवारी दिइएकोमा खुसी व्यक्त गरिन् । उनले यो आफ्नो दोस्रो निर्देशकीय चलचित्र भएको बताउँदै यसअघि निर्देशन गरेको ‘ककाकिकी’ पनि प्रदर्शनको तयारीमा रहेको जानकारी दिइन् । ‘डियर काव्या’का लागि पनि आफूहरूले भरपूर मेहनत गर्ने उनको भनाइ थियो ।

कार्यकारी निर्माता दिया मास्केले निर्माताका रूपमा चलचित्रमा आफ्नो पहिलो यात्रा सुरु गर्न लागेको बताइन् । चलचित्र निर्माण आफ्ना लागि नयाँ अनुभव हुने उल्लेख गर्दै उनले फिल्मबारे थप जानकारी क्रमशः सार्वजनिक गर्दै जाने बताइन् ।

डेब्यु अभिनेता बिक्की समशेर खड्काले आफ्नो पहिलो चलचित्रका लागि आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्माण टिमप्रति आभार व्यक्त गरे । उनले दिया मास्के र अनुप बराल आफ्ना अभिनय गुरु रहेको उल्लेख गर्दै उहाँहरूले आफूलाई विश्वास गरेर चलचित्रमा लिएको बताए ।

त्यस्तै, अभिनेत्री उपासना सिंह ठकुरीले ‘डियर काव्या’का लागि आफूलाई छनोट गरेकोमा निर्माण टिमप्रति आभार व्यक्त गरिन् । विशेषगरी दिया मास्केलाई धन्यवाद दिँदै उनले महिला निर्देशकसँग पहिलोपटक काम गर्न लागेकाले आफू उत्साहित रहेको बताइन् ।

निर्माण पक्षका अनुसार चलचित्रको कथावस्तु तथा अन्य प्राविधिक पक्षबारे थप जानकारी आगामी दिनमा सार्वजनिक गरिनेछ । चलचित्रको छायांकन मंसिरबाट सुरु गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।