१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धादिङ्गमा बेहुली नलिई फर्कियो जन्ती


२८ फाल्गुन २०७६, बुधबार  

0
Shares


२८ फागुन ०७६, धादिङ्ग । महिला अधिकारकर्मीको पहलमा धादिङमा दुई बालविवाहको घटना रोकिएको छ । गल्छी गाउँपालिका–६ बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका–६ मिलनटार गएको जन्ती आज बेहुली नलिई फर्केको छ ।
अठार वर्षीया बालिकाको विवाह हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले घरमै पुगेर विवाह रोकेको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानकारी दिनुभयो । उन्तीस वर्षीय बेहुलाले १८ वर्षीया बालिकालाई विवाह गर्न लागेको सूचना महिला अधिकारकर्मीले इलाका प्रहरी कार्यालय गजुरीमा दिएका थिए । आमा समूहमा आबद्ध महिला अधिकारकर्मीले बालविवाहको घटना बढेको अवस्थामा उजुरी गर्न बाध्य भएको बताएका छन् ।
यसैगरी नीलकण्ठ नगरपालिका–६ का १७ वर्षीय बालक र १६ वर्षीया बालिकाबीच विवाह भएको सूचनापछि प्रहरीले बालकलाई पक्राउ गरेको छ । बालिकालाई ‘सेफहाउस’मा पठाइएको छ । उनीहरुले यही फागुन २ गते भागेर विवाह गरेको जनाए पनि महिला अधिकारकर्मीको उजुरीका आधारमा बालविवाह रोकिएको र फागुन २७ गते बालविवाह मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ७ : ४५ बजे