१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगर शंखमूलमा शवदाह गृह निर्माणमा पछि नहट्ने


४ चैत्र २०७६, मंगलबार  

0
Shares


४ चैत्र ०७६, शखमुल । ललितपुर महानगरपालिका शंखमूलमा निर्मार्णाधिन विद्युतीय शवदाह निर्माणबाट पछि नहट्ने भएको छ । सोमबार महानगरपालिकामा शवदाह बनाउने निर्णय रोक्न माग गर्दै पुगेका स्थानीय बासिन्दासँग महानगरपालिकाका मेयरले छलफलका यो धारणा व्यक्त गर्नु भएको हो ।
विद्युतीय शवदाह गृह निर्माणको विरोधमा सोमबार महानगरपालिका पुगेका स्थानीय बासिन्दासँग स्थानीयसँग उहाँले भन्नुभयो, ‘यो गृहको डिजाइन फाइनल गर्दा तपाईहरुसँग बसेर गर्छौ,तर विद्युतीय शवदाह गृह निर्माण गर्ने सन्दर्भमा महानगर पछि हट्दैन । ’ उहँले स्थानीयको सुझावलाई शवदाह गृह निर्माणको क्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्युतीय शवदाह गृह निर्माणको निर्णय कार्यपालिका बैठकको मात्रै पारित नभएर नगरसभाको समेत भएको पास गरेको प्रमुख महर्जनले स्पष्ट पार्नुभएको थियो । उहाँले भन्नुभयो, ‘यो मेरो व्यक्तिगत निर्णय होइन ,महानगरका सम्पूर्ण जनप्रतिनिधिको निर्णय हो । ’
उहाँले शंखमूलमा अधिकाशं पाटनबासीको दाहसंस्कार गरिने बताउँदै विद्युतीय शवदाह गृह त्यहाँ अत्यावश्यक भएको वताउनुभयो । शंखमुल नेपालको सबैभन्दा लामो घाट हो । यसलाई दोस्रो पशुपति पनि भनिन्छ ।
खुल्ला वातावरणमा लाश जलाउँदा वातावरण विनाश हुने भएकाले विद्युतीय शवदाह गृह निर्माण गर्न लागेको प्रमुख महर्जनले बताए । दाउरा प्रयोग गरेर लाश जलाउँदा हुने वन विनाश समेत यसले रोक्ने उनको धारणा थियो ।
महानगरलाई विद्युतीय शवदाह गर्ने मेशिन दाताबाट प्राप्त भएको र केन्द्र निर्माणका लागि घाटसँगैको जग्गा महानगरले अधिग्रहण गरेको महानगरपालिकाका प्रमुख महर्जनले बताए ।

 

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ९ : ५७ बजे