२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोनाविरुद्ध लढाई ः दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने


९ चैत्र २०७६, आइतबार  

0
Shares


भारतको जम्बुस्थित वसपार्क नजिकै मासक लगाएर गन्तव्यतर्फ जाँदै सर्वसाधारण । कोरोना भाइरसका कारा जम्बुमा बस स्टेशन प्रतिबन्दित छ । तस्विर ः एएफपि/रासस

९ चैत्र ०७६, नयाँदिल्ली,एएफपि÷रासस ः कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार जानकारी गराउनुभएको छ ।
सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कुनै पनि सेमिनार तथा सम्मेलनका लागि भारतको राजधानी नयाँ दिल्ली क्षेत्रमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री केजरीवालले भिडियोमार्फत् सार्वजनिक सन्देशमा भन्नुभयो, “हामीले कुनै ठाउमा भेला हुने व्यक्तिको सङ्ख्यामाथि पुनरावलोकन गर्दै नयाँ निर्णय सार्वजनिक गरेका छौँ । अबदेखि अर्को निर्णय नहुँदासम्म राजधानी दिल्लीमा पाँच व्यक्तिभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन ।
जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कुनै पनि सेमिनार तथा सम्मेलनमा धेरै व्यक्ति भेला हुनुलाई मनाही गरिएको छ ।” यदि पाँचजना भन्दा बढी व्यक्ति भेला हुनु नै परेमा एक व्यक्तिबाट अर्को व्यक्तिसम्मको दूरीलाई एक मिटरभन्दा बढी फरक गर्न पनि सन्देशमा आग्रह गरिएको छ ।
दिल्ली राज्य सरकारले यसअघि केही दिन पहिले २० जनाभन्दा बढी व्यक्तिलाई भेला हुन निषेध गरेको सूचना जारी गरेको थियो । मुख्यमन्त्री केजरीवालले भन्नुभयो,“दिल्लीमा गुड्ने ५० प्रतिशतभन्दा बढी दिल्ली यातायात कर्पोरेसनका सार्वजनिक सवारीसाधनहरू भने आइतबार ‘जनता कफ्र्यू’ मा सञ्चालन गरिनेछ ।”
कोभिड–१९ सङ्क्रमण नियन्त्रण र रोकथाम प्रयास अनुसार आइतबारदेखि दिल्ली मेट्रो सेवाका यातायातका साधन दिल्लीमा गुड्ने छैनन् ।
यसअघि बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २२ देखि बिहान सात बजेदेखि बेलुका नौ बजेसम्म ‘जनता कफ्र्यू’ (घर बाहिर ननिस्कन) आग्रह गर्नुभएको थियो । अति आवश्यक काममा बाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ६ : ४८ बजे