१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोरोना रोगको आशंकामा चन्द्रागिरिमा विदेशबाट आउनेको खोजी


१२ चैत्र २०७६, बुधबार  

0
Shares

१२ चैत्र ०७६, चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । विश्वमा फैँलदै गएको कोभिड–१९को नेपालमा सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै टोखाले तत्काल विदेशबाट आएका व्यक्तिको खोजी गरि विवरण सङ्कलन गर्न लागेको हो ।
टोखा नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विदेशबाट भर्खरै आएका व्यक्तिबाट कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै सबै वडाले आ–आफ्नो वडामा विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्न लागेको जानकारी दिनुभयो ।
“विदेशबाट आएका व्यक्तिलाई कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा रहनका लागि अनुरोध गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । चन्द्रागिरिले विदेशबाट फर्केको व्यक्तिको नाम, फर्र्िकएको देशको नाम, स्वदेश फर्केको मिति र सम्पर्क नम्बर माग गरेको छ ।
काठमाडौँ प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रागिरिमा १५ वडा छन् । उक्त नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । सरकारले चैत ११ गते बिहानदेखि चैत १८ गते साँझसम्म देशैभरि ‘लकडाउन’ गरेपछि चन्द्रागिरि नगरपालिकाले पनि आफ्ना नगरवासीलाई घरभित्र बस्न माइकिङ गर्ने भएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ९ : ३० बजे