२९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


क्वारेन्टिनमै जन्मियो बच्चा !


१८ जेष्ठ २०७७, आइतबार  

0
Shares


१८ जेठ ०७७, दैलेख । कोरोना माहामारीको संकटको बेला दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिनुभएको छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्म दिनुभएको हो ।
क्वारेन्टिनमा बस्नुभएकी उहाँलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा ल्याइएको र राति साढे ९ बजेतिर छोरीलाई जन्म दिएको प्राथमिक स्वास्थ्य केन्द्रले बताएको छ । मीना र उहाँका श्रीमान् मनबहादु यही जेठ १० गते मात्र भारतको कुरदुवारबाट ठाटीकाँध आइपुग्नुभएको हो । नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य अवस्था सामान्य रहेको र आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मी रावतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।