२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


१८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक


४ असार २०७७, बिहिबार  

0
Shares


४ असार ०७७,चितवन । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ । बिहान ४ः१५ बजे खसेको पहिलो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको उहाँले जानकारी दिनुभयो । शुरुआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको उहाँले जानकारी दिनुभयो ।

पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका छन् । सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।