२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा चट्याङ लागेर मृत्यु भए चार लाख दिइने


२१ असार २०७७, आइतबार  

0
Shares

२० असार ०७७, नयाँदिल्ली (रासस÷एएनआई) ः भारतको बिहार राज्यले चट्याङ मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । समाचारमा जनाइएअनुसार उक्त राज्यका मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गर्नुभएको हो ।
गत बिहीबार मात्र वर्षासँगै परेको चट्याङलले लागेर बिहारमा २२ जनाको ज्यान गएको थियो । मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गर्नुभएको भारतीय सञ्चारमाध्यमहले जनाएका छन् ।
बिहारको विपद् व्यवस्थापन विभागले गत शुक्रबार बिहान चट्याङ लागेर २२ जनाको र अघिल्लो हप्ता कम्तीमा पनि ९२ जनाको ज्यान गएको बताएको थियो ।
बिहारमा मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।