२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


बलिउड निर्देशक सिप्पी भन्छन् – सफल चलचित्र बनाउन बजेटभन्दा मेहनत महत्वपूर्ण



 

काठमाडौँ

काठमाडौंमा भएको संवादमा बलिउड निर्देशक रमेश सिप्पीले सफल चलचित्र बनाउन बजेटभन्दा मेहनत महत्वपूर्ण हुने तर्क प्रस्तुत गरेका छन् ।

चर्चित एवं सफल चलचित्रशोले निर्माणको अनुभव सुनाउदै निर्देशक सिप्पीले चलचित्रका लागि निर्मातासँग माग गरेको बजेटभन्दा आधा बजेट पाएको कारण सुरुमा आफू रनभुल्लमा परेको अनुभव सुनाए । भने, ‘सबै प्राविधिकको मेहनतले चलचित्र बन्यो, र सबै दर्शकले मन पराए । सोही सफलताका कारण म यहाँ नेपाल आइपुगेको छु’

चलचित्र निर्माणअघि लेखक जोडी सलिम–जावेदले एउटा सानो कथाको स्वरूप तयार पारेको र निर्देशक सिप्पीसँग मेल खाने देखेपछि प्रस्ताव गरिएको थियो । निर्देशक सिप्पीले मिलेर सबै पटकथा तयार पारेपछि चलचित्र निर्माण गरिएको थियो ।
सो चलचित्र सन् १९७३ अक्टोबर २ मा एक करोड बजेटमा सुरु गरिएको थियो ।

काठमाडौंमा बलिउड निर्देशक रमेश सिप्पीसँग महानायक राजेश हमालले संवाद गरेका हुन् ।

जारी नवौँ संस्करणको नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव निफमा शुक्रबार आयोजित ‘सिनेमा संवाद विथ रमेश सिप्पी एण्ड राजेश हमाल’ नामक सत्रमा भारतीय चलचित्रका प्रसिद्ध निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालले संवाद गरेका हुन् ।

 

 

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।